जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल लाईफका बीमितलाई नगद छुट देखि आइफोन सम्मको उपहार

नेपाल लाईफका बीमितलाई नगद छुट देखि आइफोन सम्मको उपहार

सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत् विशेष नगद छुट योजना सार्वजनिक गरेको छ ।
नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागी बीमितलाई आकर्षित गर्ने उद्देश्यले भुक्तानी सेवा प्रदायकहरु ई सेवा, खल्ती र प्रभु पेसँगको सहकार्यमा नेपाल लाईफले नगद छुट योजना ल्याएको हो । नेपाल लाईफका ग्राहकले नविकरण बीमाशुल्क भुक्तानी गर्दा १ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्नेछन् ।
भुक्तानी सेवा प्रदायकले क्यास ब्याक(नगद फिर्ता) योजना अन्तर्गत यो सुविधा उपलब्ध गराई रहेकाले बीमाशुल्क भुक्तानी गरेको भोलिपल्ट बीमितको खातामा नगद फिर्तावापतको रकम जम्मा हुन्छ । ईसेवा, खल्ती वा प्रभु पे मध्ये बीमितले बीमाशुल्क भुक्तानी गर्न प्रयोग गरेको वालेटमै क्यास ब्याकवापतको रकम फिर्ता हुन्छ ।
कस्तो अवस्थामा पाइन्छ छुट सुविधा?
नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट सात दिनभित्र भुक्तानी गरेको अवस्थामा मात्र नगद फिर्ता वापतको छुट रकम फिर्ता पाइन्छ । बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिभन्दा अगावै अर्थात् अग्रिम भुक्तानी गरेको अवस्थामा पनि छुट सुविधा उपलब्ध छ । अधिकांश जीवन बीमा कम्पनीमा नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ३० दिन पहिले देखि नै बीमाशुल्क भुक्तानी गर्न मिल्छ ।                      

कति पाइन्छ छुटः
ईसेवा वालेटले ०.३५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट उपलब्ध गराइ रहेको छ । त्यसैगरी यो योजना चालू रहेसम्मको अवधिमा प्रत्येक महिना एकजना भाग्यशाली विजेतालाई आईफोन टुवेल्भ मोबाइल फोन सेट उपहारको समेत घोषणा गरेको छ ।
खल्ती वालेटले भने नगद छुटको मात्र योजना ल्याएको छ । जिन्सी उपहार योजना छैन । खल्ती वालेटले बीमितले जम्मा गर्ने नविकरण बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।
कसरी गर्ने भुक्तानी ?
नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागी आफूले प्रयोग गर्ने ई सेवा, खल्ती वा प्रभु पे वालेट एप्समा बीमा भन्ने विकल्प खोज्नुहोस् । सबै एप्समा छाताको संकेतलाई प्रयोग गरिएको छ । एप्समा देखाइएको छाताको संकेतमा थिचि सकेपछि जीवन बीमा र निर्जीवन बीमा भन्ने दुईवटा विकल्प देखापर्छ । यी दुईमध्ये जीवन बीमाको विकल्पमा थिच्नुहोस् । जीवन बीमाको विकल्पमा थिचि सकेपछि देखा पर्ने जीवन बीमा कम्पनीहरुको लोगोमध्ये नेपाल लाईफ इन्स्योरेन्सको लोगोमा थिच्नुहोस् । यति गरेपछि बीमालेख नम्बर र बीमितको जन्म मिति टाइप गरेर भुक्तानी प्रकृया अघि बढाउनुहोस् । एक मिनेटभन्दा पनि छोटो समयमै भुक्तानी प्रकृया पुरा गर्न सक्नुहुन्छ ।

5995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका