सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा डा. अर्जुन कुमार बराल चयन भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरिएको हो ।
यस अघिका अध्यक्ष तारानाथ निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गर्दै बराललाई अध्यक्षमा चयन गरिएको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।