नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् ।
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ छ ।