जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • एशियन लाइफद्वारा ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोशी प्रदेश, पाँचथर जिल्ला, तुम्बेवाका २९ वर्षका स्व. बीमित सुजन राईको परिवारलाई मत्यु दाबी वापतको रकम दिएको हो ।

उनको अल्पायुमै असामयिक निधन भएको थियो । स्व. सुजन राईले प्रथम बीमा शुल्क बापत रु ३,७०८ बुझाएका थिए । एशियन लाइफ कम्पनिमा रहेको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख बीमाङ्क रु १०,००,००० को बीमा चालु अवस्थामा रहेको थियो ।

यस बीमालेखको करार सर्त अनुसार बीमाङ्गक रकम १० लाख र काजक्रिया खर्च वापत १ लाख गरि प्राप्त हुने रकम रु ११ लाख रुपैयाँ हकवाला दाजु मधुकर राईलाई नियमानुसार दाबी रकम हस्तान्तरण गरेको हो ।

यस हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका कर्मचारी ,अभिकर्ता ,पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो । हस्तान्तरणमा एशियन लाईफ इन्स्योरेन्स कम्पनिका कोशी प्रदेशका उप क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाले बीमा किन गर्ने भने जानकारी दिएका थिए ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका