जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • मौद्रिक नीति समीक्षामा सिएनआईको धारणा, ‘सीडी रेसियोमा लचकताले तरलता व्यवस्थापन सहज

मौद्रिक नीति समीक्षामा सिएनआईको धारणा, ‘सीडी रेसियोमा लचकताले तरलता व्यवस्थापन सहज

नेपाल उद्योग परिसंघ सिएनआईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७८ को प्रथम त्रैमासिक समीक्षामार्फत लक्षित अनुपातमा अपनाएको लचकताले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने बताएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षाबारे विज्ञप्ती मार्फत  परिसंघले धारणा सार्वजनिक गरेको हो। समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने भनिएकोमा यसले ति क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने विश्वास सिएनआईले व्यक्त गरेको छ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको भन्दै परिसंघले गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिनु सकारात्मक भएको बताएको छ।

विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेतप्रति परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

राष्ट्र बैंकले समीक्षामार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेकोमा परिसंघले स्वागत गरेको छ । औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले भन्दै आएको जारी बिज्ञप्तीमा जनाइएको छ।

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका