जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

4905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका