जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको नाफामा छलाङ्ग

सगरमाथा इन्स्योरेन्सको नाफामा छलाङ्ग

सगरमाथा इन्स्योरेन्सको नाफामा गत वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्ष १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा १७ करोड ७७ लाख रुपैयाँ पुर्‍याएको छ।

एक अर्ब ११ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा २७.३५ प्रतिशत वृद्धि भएको छ।   

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब १३ करोड २९ लाख रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषको आकार १० करोड ८४ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमाकोष २५.५३ प्रतिशत वृद्धि भएको छ भने महाविपत्ति कोषको आकार झन्डै १२ प्रतिशत संकुचित भएको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२.४६ प्रतिशत वृद्धि हुँदै ७७ करोड ८३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६९ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले ४ हजार ६ सय ९ वटा बीमालेख बापत ७५ करोड ३० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ११ हजार ४७८ वटा बीमालेख बापत २ अर्ब ४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

समीक्षा अवधिमा सगरमाथा इन्स्योरेन्सको प्रति सेयर आम्दानी ३१.९८ रुपैयाँ, प्रति सेयर नेटवर्थ २६२ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ५६७.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ। 

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका