जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउनुपर्छः गभर्नर  अधिकारी

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउनुपर्छः गभर्नर  अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंगाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् ।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चितताको भुमरीमा परेको बताए। उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तराष्ट्रियसँगै आन्तरिक समस्या देखिएको बताए।

गभर्नर अधिकारीले बाह्य क्षेत्र सकारात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने बताएका छन् । गभर्नरका अनुसार सप्लाई चेन र बजार मूल्य निर्धारणको कारण मुद्रास्फीति बढ्ने गरेको छ । त्यसमा सरकारले लिएको नीतिअनुसार मुद्रास्फीति हुन सकेको छैन । अहिलेको अवस्थामा अझै मुद्रास्फीति घट्न आवश्यक छ ।

त्यसै गरी, पछिल्लो समय अर्थतन्त्रको सूचकमा सुधार हुँदै गएकाले डराउनुपर्ने अवस्था नभएको जिकिर गरे ।

पर्यटन क्षेत्र सकारात्मक रूपमा अघि बढेको छ। पर्यटन पूर्वाधार थप गर्न सहयोग पुग्छ,’ अधिकारीले भने,‘रेमिट्यान्सको आप्रवाह राम्रै देखिएको छ।’

साथे, बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने बताए।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?