जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप यूट्युब डेटा प्याकको भोल्युम

एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप यूट्युब डेटा प्याकको भोल्युम

एनसेलले सुलभ दरमा डेटा उपलब्ध गराउने भएका छ । यसका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।

यस अन्तर्गत ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय हुनेछ । जसमा ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा पाउनेछन् ।

त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा सात दिनका लागि ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउने कम्पनीको भनाइ छ । यसअघि ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोल्युम बढेर ४ जीबी बनाइएको हो । यी प्याकहरु मंगलबारदेखि नै लागू हुनेछन् ।
ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक लिन सक्नेछन् । त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु लिएको दिनबाट ७ दिनका लागि मान्य हुनेछ ।

3870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका