जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • लाभांश प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने रकम १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९।८० पारित गरेको छ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ ।०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु समेत पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको थियो । जसअनुसार चैत्र १२ गतेसम्म कायम शेयरधनी साभामा भाग लिएका थिए ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका