जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

 साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । 

साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल)ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीहरुको पहुँचमा पु¥याउन निरन्तर लागी परिरहेको जानकारी गराए ।  यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

4275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका