जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताउनुभयो । यसले बिमितलाई घरैमा बसेर बिमालेख खरिद गर्न र सुरक्षित रुपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उहाँले बताउनुभयो । उहाँले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिनुभयो । सिइओ भट्टराईले लेखनाथ कार्यालयलाई बिमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बिमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताउनुभयो ।

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाउनुभएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरुमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गर्नुभयो । नेपालको बिमासम्बन्धी क्रियाकलापप्रति सर्वसाधारण त्यति सन्तुष्ट नभएको र अभिकर्ताहरु बिमा शुल्क उठाउन मात्र दौडिरहेको उहाँले बताउनुभयो । अध्यक्ष आत्रेयले बिमितको हित हुने गरी बिमा व्यवसाय गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।

3860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
नेपाल लाइफले किन्यो हेटौडामा पौने १८ करोडमा भवन

0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?