जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले ल्यायो मोबाइल एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

सिटिजन्स बैंकले ल्यायो मोबाइल एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

सिटिजन्स बैंकले मोबाइल एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । जस अनुसार ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा रु १०,००० अधिकतम रकम रु ५,०००,००० मा सेट गरिएको छ । त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याईएको छं जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९०५ सम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् ।

यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेको पष्यकप सेल्फ(सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याईएको बैंकले जनाएको छ।

साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर क्यूआर कोड स्क्यान मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले उल्लेख गरेको छ । त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि(पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

बैंकले आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका