सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘१०.२५ प्रतिशत ब्याजदर दिने ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो ।
यसको लागि बैंक र नेप्सेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेप्सेका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो । वितरण भएको ३० लाख कित्ता डिबेन्चर चैत ३० बाट नेप्सेमा कारोबार गर्न सकिने छ ।