जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कोषमा आबद्व हुने श्रमिकले खाईपाई आएको सेवा सुविधा नघट्ने

कोषमा आबद्व हुने श्रमिकले खाईपाई आएको सेवा सुविधा नघट्ने

सामाजिक सुरक्षा कोषमा आबद्व हुने कुनै पनि श्रमिकले खाईपाई आएको सेवा सुविधा नघट्ने भएको छ । शुक्रबार कोषले एक बिज्ञप्ति जारी गर्दै खाईपाई आएको सुविधा नघट्ने स्पष्ट पारेको हो ।

साथै, सञ्चारमाध्यममा प्रकाशित गलत सूचना प्रति आफनो ध्यानाकर्षण भएको कोषले जनाएको छ । कोषमा आबद्ध हुँदा श्रमिकहरुले खाइपाई आएको सेवा सुविधा घट्ने भनि भ्रम फिजाएको सूचना प्रति कोषले ध्यानाकर्षण भएको जनाएको छ ।

खाइपाई आएको उपदानको हकलाई सुनिश्चित गर्ने गरी श्रम नियमावली २०७५ मा उल्लेख गरिएको कोषले जानकारी दिएको छ। श्रम ऐन अनुसार श्रमिक।कर्मचारीको सेवा सुविधाको सुरक्षाको लागि कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाईपाई आएको सुविधा नघट्ने स्पष्ट हुँदाहुँदै पनि आम श्रमिक र जनसमुदायलाई भ्रर्मित पार्ने कार्य कानून प्रतिकुल ठहरिने कोषले जनाएको छ ।

कानूनी व्यवस्था मार्फत श्रमिकले पाईरहेको सुविधा घटाउन नपाईने प्रत्याभुती हुँदाहुँदै पनि भ्रमपुर्ण सूचना सम्प्रेषण नगर्न कोषले आग्रह गरेको छ ।

श्रम ऐनको दफा ५२ मा व्यवस्था गरिएको आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), दफा ५३ मा व्यवस्था भएको न्यूनतम १ वर्ष काम गरेबापत १ महिनाको उपदान, दफा ५४ बमोजिम श्रमिकको १ लाख रुपैयाँ बराबरको औषधोपचार, दफा ५५ बमोजिम दुर्घटना बीमाका लागि बीमाशुल्क बापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने विज्ञप्तीमा उल्लेख छ ।

कोषले कानून परिपालन गराउने सन्दर्भमा कानूनसम्मत गरेको निर्णयलाई अपब्याख्या नगर्न भनेको छ । सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा छिटो कोषमा सूचीकृत हुन समेत कोषले आग्रह गरेको छ ।

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका