आइतबार नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड रुपैयाँ बराबरको आइपीओ थपिएको छ । बोर्डका अनुसार पाइपलाइनमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ थपिएको हो ।
हाइड्रोपावरले बोर्डबाट आइपीओ निस्कासनको अनुमती पाएपछि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आयपीओ निस्कासन गर्नेछ ।
साथै हाइड्रोपावरले निस्कासन अनुमती पाएपछि आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने बोर्डले जनाएको छ ।
हाइड्रोपावरको आइपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ । हाइड्रोपावर आइपीओ निस्कासन अनुमती माग्दै २०७८ साल चैत्र १७ गते बोर्ड पुगेको थियो ।