जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • एनएमबि बैंकको ५२ हजार ७०० कित्ता संस्थापक सेयर बोलकबोलमा

एनएमबि बैंकको ५२ हजार ७०० कित्ता संस्थापक सेयर बोलकबोलमा

एनएमबि बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। बैंकले तीन जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो। 

बैंकले दामोदर ज्ञवालीको ३५ हजार, सुशीलशंकर श्रेष्ठको १२ हजार ५४७ र प्रमोदराज पाण्डेको नाममा रहेको ५ हजार १ सय ७५ कित्ता गरी जम्मा ५२ हजार ७२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।  इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले अबको ३५ दिनभित्र लिखित निवेदन दिन सूचना जारी गरेको छ।

इच्छुक संस्थापक सेयरधनीले कम्पनी सचिवको कार्यालय बबरमहलबाट निवेदन दिन सक्नेछन्। उल्लेखित अवधिमा पर्याप्त आवेदन नपरे खरिद गर्न इच्छुक जोकोही लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 

यस्तै एक बैंकले थप १० हजार संस्थापक सेयर जोकोही व्यक्ति अथवा कम्पनीलाई बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी विजयबाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। 

उक्त संस्थापक सेयर बैंकले यसअघि गत चैत ११ गते सार्वजनिक सूचना प्रकाशित गरी विद्यमान संस्थापक सेयरधनीको निवेदन माग गरेको थियो। तर उक्त समयमा कुनै पनि सेयरधनीहरुबाट आवेदन नपरेका कारण बैंकले १० हजार कित्ता संस्थापक सेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुलाएको हो। 

इच्छुक लगानीकर्ताले अबको ३५ दिन भित्र बैंकको १० हजार कित्ता संस्थापक सेयरका लागि आवेदन दिन सक्नेछन्। 

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका