जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रु. २०० छुट

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रु. २०० छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा यही साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ।

पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त रु. २०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ।

पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकमात्र यो स्किममा सहभागी हुन सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका