सगरमाथा इन्स्योरेन्सले त्रिभुवन विश्व विद्यालय अन्तर्गत शंकरदेव क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरुलाई निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उक्त क्याम्पसमा एक समारोह विच आयोजना गरेको हो ।
उक्त जनचेतना कार्यक्रममा यस कम्पनीबाट उपलब्ध गराईने बीमा सेवा जस्तै मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधी उपचार बीमा, पशुधन-बाली बीमाको बिषयमा जनचेतना कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रम बि.बि.एस. प्रोग्रामका डाईरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सहायक प्रबन्धक शसीधर शर्मा र गैरिधारा शाखाका कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम पश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता रहेको भनि सकारात्मक प्रतिक्रिया समेत जनाएको थिए ।