जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः अवलोकन गर्ने

कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः अवलोकन गर्ने

कोकाकोला नेपालले आगामी चाडपर्व दशैं र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वाद साग’ अभियानलाई पुनः अवलोकन गर्ने भएको छ । यस अभियानमा जोड दिन नेपालमा दशैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने भएको हो

दुईवटा लेबलमा रहेका कलाकृतिले दशैंमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेल्ने जस्ता गतिविधिहरू समेटेको छ । उक्त लेबलहरू कोकाकोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरुमा उपलब्ध हुनेछन् । कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वाद साग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउँछ ।

यो परम्परा, संस्कृति र रमाईला पलहरू कोका—कोलाको साथ बाँड्ने उत्सव हो, जसले चाडपर्वको सिजनमा स्फूर्तिदायी स्पर्श थप्दछ । कोकाकोला बेभरेज नेपालका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथले कोकाकोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको बताए । ‘सम्बन्ध उत्सव स्वाद साग’ अभियानले यो दशैं र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्ने उनको भनाई छ ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका