जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक

महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १६ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो ११ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले १८ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १८ करोड १ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर २९ करोड २४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २७ करोड २३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार ५८.०८ प्रतिशतले बढाएर २ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ अर्ब ३४ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १८ करोड ५३ लाख रुपैयाँ रहेको रिजर्भको आकार ५४.७१ प्रतिशतले बढेर २६ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चौथो त्रैमासमा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ९ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा २४.४१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ४० हजार ६४५ पुगेको छ। अघिल्लो वर्ष यो संख्या २६ हजार ७८३ रहेको थियो। कम्पनी चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

2255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका