![एनसीसी बैंकको साना तथा मझौला कर्जा र कृषि कर्जा सुरक्षण गर्न कोषसँग सम्झौता](http://aarthikbazarnews.com/wp-content/uploads/2022/08/unnamed-4-1-1024x574.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले बिहीबार हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले साना तथा मझौला उद्यम कर्जा र कृषिअन्तर्गत प्रवाह गरेको एक करोड रुपियाँसम्मको लगानी कोषमा सुरक्षित हुनेछ । कोषको पूर्वस्वीकृतिमा एक करोड रुपियाँभन्दा माथि तीन करोड रुपियाँसम्मको कर्जा समेत कोषले सुरक्षित गर्नेछ ।