जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एमडिआरटीको ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

एमडिआरटीको ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन आज प्रस्थान गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एमडीआरटी) ग्लोबल कन्फ्रेन्समा सहभागी हुन उनी आज आजै प्रस्थान गरेका हुन् ।

उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुनेछ । समारोहमा भाग लिन उत्साहित भएका पन्थीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको तथा नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।

बिगत ४ वर्षदेखी विमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय संगसंगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडिआरटी बन्न सफल भएको कुरा कम्पनीले जनाएको छ । यस भव्य समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दाबढी कम्पनीका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

1490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?