जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • ब्याज तिर्नै नसक्ने अवस्थामा ‘स्टार’ होटल

ब्याज तिर्नै नसक्ने अवस्थामा ‘स्टार’ होटल

काठमाडौँ नक्सालमा शङ्कर ग्रूपले आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रूपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ ।

यद्यपि अहिले वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याइसकेका छन् । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा तीन सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक नौ हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ । तर पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलहरूले भोग्नुपर्ने देखिएको छ ।

कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलहरूमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरूको बुझाइ छ । निर्माणाधीन होटलहरूमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण होटलमा भइरहेको लगानी जोखिममा पर्ने देखिन्छ ।

होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ । आजका दिनमा होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ ।

उनका अनुसार हाल तारे होटलहरूले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरूले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्नेछ ।

‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलहरूले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलहरूले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ भने बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ ।

होटलहरूले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरू तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ ।

तर, सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव देखिँदैन ।

‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलहरूको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलहरूको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ’, उनले भने, ‘तर कोभिड अघिकै अवस्थामा पुग्न पनि हामीलाई अझै दुई वर्ष लाग्ने देखिन्छ ।’

उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारणहरू थिए । यसमा बढ्दो होटलहरूको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरूमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको छ ।

उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने हाल निर्माणाधीन तारे होटलहरूमा भएको लगानी मात्र रु ५० अर्बभन्दा बढी छ । एकातिर धमाधम तारे होटलहरूमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रूपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । ‘कोरोना अघिदेखि नै होटलहरूमा लगानी बढिरहेको हो, यो पर्यटन क्षेत्रका लागि निकै राम्रो पक्ष हो, तर लगानीमाथिको प्रतिफलका लागि हामीले आजकै अवस्थामा पूरा गर्न भने नसक्ने अवस्था छ ।

सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी,विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटलहरूमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाहे हुनेछ ।

नेपालमा सञ्चालित होटलहरूमा करिब ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण दुई हजार कोठा थप हुनेछन् । एकातिर होटलहरूमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्‍याउन सन् २०२५ सम्म कुर्नुपर्ने अवस्था छ । उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ । यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरूको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । हाल निर्माणाधीन केही पाँचतारे होटलहरूमा हिल्टन, सेराटन, बूढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकूलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायतका होटल छन् ।

काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले निर्माण गरिरहेको पाँच तारे होटल ‘हिल्टन’को लागत कोरोनाअघिको तुलनामा एक अर्ब ८० करोड रुपैयाँले बढेको छ । कम्पनीका अनुसार शुरुमा प्रतिकोठा लगानी दुई करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएकामा एक करोडले बढेर तीन करोड ८० लाख रुपैयाँ पुगेको छ । अब होटलको कूल लगानी आठ अर्ब रुपैयाँ पुग्नेछ । हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलको भनाइ छ । चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ ।

त्यसैगरी काठमाडौँको बूढानीलकण्ठमा निर्माण भइरहेको बूढानीलकण्ठ हेरिटेज होटलको लागत पनि करिब ४६ प्रतिशतले बढेको छ ।

‘कोरोना महामारी मात्रै कारण होइन, यसबीच बढेको ब्याजदरका कारण पनि लागत बढेको हो ‘ एक रोपनी जग्गा थप खरिद, चार तारेलाई पाँच तारे बनाउँदा, बैंक्वेट हल तथा हेल्थ क्लब थप गर्दा समेत लगानी बढेको हो ।’

उपत्यकामा निर्माण भइरहेको लैनचौरस्थित सेराटन होटलको पनि लगानी र समय दुवै बढेको छ ।

ब्याज तिर्नै नसक्ने अवस्थामा होटल

होटल सङ्घ नेपालले केही दिनअघि एक विज्ञप्ति जारी गरी आम्दानीमा भइरहेको सङ्कुचन तथा ब्याजदर वृद्धिका कारण तत्काल बैंक तथा वित्तीय संस्थालाई कर्जाको साँवा र ब्याज तिर्नै नसक्ने अवस्था भएको स्पष्ट पारिसकेको छ । हानले यस्तो गम्भीर अवस्थामा कम्तीमा दुई वर्षका लागि कर्जाको पुनर्तालिकीकरण वा पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्ने माग सरकार समक्ष गरेको छ । पछिल्लो समय विदेशी पर्यटकको आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट तथा बढ्दो ब्याजदरका कारण लागत बढिरहेको तर आम्दानी सो अनुसार बढ्न नसकेको भन्दै हानले सरकारसँग कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्थाको माग गरेको हो ।

कसरी बढाउन सकिन्छ पर्यटक ?

‘होटलहरूमा लगानी त बढिरहेको छ, तर लगानीकर्ता व्यक्ति, भेञ्चर क्यापिटलिस्ट, बैंक तथा वित्तीय संस्था पनि नै प्रतिफललाई लिएर चिन्तामा छन् किनभने हाम्रो आवश्यकता र लक्ष्यअनुसार पर्यटकहरू आएका छैनन् र यसको असर दीर्घकालसम्म पर्ने निश्चित छ ।’

‘सरकारले १५औं आवधिक योजनामार्फत् ३५ लाख पर्यटक ल्याउने योजना त अघि सार्‍यो तर त्यसका लागि आवश्यक पूर्वाधार (विमानस्थल, पर्यटकीय गन्तव्य) लगायतमा लगानी बढाउन सकेन, कनेक्टिभिटीमा सुधार गर्न सकेन भने नयाँ प्रडक्टहरू ल्याउन सकेन, खाली होटलहरू मात्रै खोलेर पर्यटक आउन वातावरण बन्दैन’, मिश्रले भने । पर्यटक आगमनमा कमी आएसँगै यसको सिधा असर होटलहरूको आम्दानी र प्रतिफलमा पर्नेछ ।

‘पर्यटक बढाउनका लागि हामीले अनुसन्धानमा आधारित बजारीकरण गर्न सकेका छैनौं, यद्यपि पर्वतारोहणको हकमा भने नेपालको बजार निकै बलियो छ । त्यो सङ्ख्या हामीले अपेक्षा गरेभन्दा निकै सानो हो, ठूलो सङ्ख्यामा गुणस्तरीय पर्यटक ल्याउन सकेको छैन । मिश्र पर्यटक बढाउनका लागि सबैभन्दा पहिले पूर्वाधार र पर्यटकीय उत्पादनमै ध्यान दिनुपछ ।

दुई छिमेकी मुलुक भारत र चीनमा मात्रै प्रभावकारी बजारीकरण गर्न सकियो भने पनि राम्रो सङ्ख्यामा पर्यटक ल्याउन सकिने छ । होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितताका लागि नेपालले युरोपसँगको हवाई सेवा सुरु गर्न सक्नुपर्छ । अमेरिकालगायतका धेरै पर्यटकहरू आउने सम्भावना भएका मुलुकसँग सिधा हवाई सेवा सञ्चालन गर्न सक्नुपर्छ । सरकारले विमान सञ्चालन खाडीलगायतका विभिन्न मुलुकमा श्रमिक लैजाने र ल्याउनेमा मात्रै केन्द्रित हुने हो भने पर्यटक बढाउन सकिन्न ।

 होटलमा प्रवाह हुने कर्जा ३०० प्रतिशतले वृद्धि

पछिल्लो छ वर्षमा होटलहरूमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१।७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरूमा स्वदेशी र विदेशी दुवै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।

त्यसैगरी सन् २०२१ मा होटलहरूमा कूल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरूमा कूल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए । जुन सन् २०१९ को तुलनामा २४।७ प्रतिशतले बढी थियो । सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५।१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरूमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।

बढ्दै तारे होटल 

सन् १९५० मा फ्रान्सका मउसाइस हेजजोग र लोइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभर नेपालको चर्चा सुरु भयो । विभिन्न देशबाट पर्यटकहरू आउने क्रम बढेसँगै तारे होटलको आवश्यकता महसुस भएको मानिन्छ । फलस्वरूप सन् १९६५ मा राजपरिवारका सदस्यहरूको अग्रसरतामा पहिलोपटक नेपालमा पाँचतारे होटल सोल्टी सञ्चालनमा आयो ।

पञ्चायतकालमा कुनै पनि व्यवसाय गर्दा राजपरिवारको संलग्नता हुनु अस्वभाविक थिएन । आजका दिनमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह सोल्टी होटलमा सबैभन्दा ठूला सेयरधनी हुन् । पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो भने त्यसको सात वर्षपछि नयाँबानेश्वरमा द होटल एभरेष्ट इन्टरनेशनल सञ्चालनमा आयो । त्यसपछि २०६३ सालसम्म पाँच वटा पाँचतारे होटलहरू थपिए । मुलुकमा गणतन्त्र स्थापना भएपछि पाँचतारे होटलको सङ्ख्या मात्रै सतप्रतिशतले बढेको छ ।

अर्थात् हाल पाँचतारे होटलको सङ्ख्या १७ पुगेको छ  र हाल निर्माणाधीन पाँचतारे होटलको सङ्ख्या डेढ दर्जनको हाराहारीमा छ । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको सङ्ख्या कम्तीमा ३४ वटा हुनेछ । वर्षौंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरूको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै छ ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?