सिद्धार्थ बैंकले आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अबधिमा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्षको यो अवधिको तुलनामा बैंकको खुद नाफा ४७.४८ प्रतिशतले घटेको हो ।
पहिलो त्रैमास सम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्त सम्ममा बैङ्कले १ खर्ब ९२ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशतबाट बढेर २.१५ प्रतिशत पुगेको छ ।
सम्बन्धित समाचार
" class="lazy">