जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • वाणिज्य बैंक प्रति राष्ट्र बैंक कडा हुन थालेपछि सेयर बजारको वृद्धि टिकेन

वाणिज्य बैंक प्रति राष्ट्र बैंक कडा हुन थालेपछि सेयर बजारको वृद्धि टिकेन

आइतबार झिनो अंकको सुधार देखिएको सेयर बजार पुन: दोहोरो अंकसहित तल ओर्लिएको छ। नाफा बुकिङले सिर्जना भएको सेलिङ प्रेसरलाई बजारको मागले धान्न नसक्दा सूचक २४.४६ अंकले झरेको हो।

राष्ट्र बैंकले बैंकहरुको अस्वभाविक व्यापार विस्तार लक्ष्यलाई लिएर गुनासो गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले व्यापार विस्तारको लक्ष्य अस्वभाविक राखेर प्रमुख कार्यकारी अधिकृतको सुविधासँग जोड्न थालेको भेटिएपछि सञ्चालकहरुसँग गम्भीर छलफल गर्न थालेको हो।

यसले वाणिज्य बैंकहरुको नाफामा अनपेक्षित असर पर्ने अनुमान गरिएको छ। मौद्रिक समीक्षाले स्प्रेड पनि घटाउन निर्देशन दिए पछि उनीहरुको नाफालाई सोझै असर पर्ने देखिएको हो। वाणिज्य बैंकको सूचक आज करिब एक प्रतिशत तल ओर्लिएको छ।

तर सुधारउन्मुख अर्थतन्त्र र ब्याजदर नबढ्ने भएपछि लगानीकर्ताको मनोबल उच्च नै रहेको हुँदा आजको गिरावटलाई करेक्सन स्वरुप लिएको जानकारहरु बताउँछन्।

राष्ट्र बैंक ब्याजदर र चालु पुँजी कर्जा बारे निजी क्षेत्रसँग छलफल गर्न चाहन्छ। यसले पनि लगानीको माहोललाई प्रोत्साहन गरेको उनीहरुको विश्लेषण छ।

बैंकिङ प्रणालीमा पनि निक्षेप बढ्ने क्रम जारी छ। सीडी रेसियो कर्जा दिने अनुकुल बनेको हो। हालै निर्वाचन पनि सकिएको छ। निर्वाचन पछि देशले पाउने नेतृत्व दिगो हुने अपेक्षा लगानीकर्ताहरुको छ। साथै आर्थिक स्थायित्वका नीतिलाई पुनरावलोकनमा निर्माण हुने सरकारको चासो बढी छ।

निर्वाचनले बजारमा नगद प्रवाह पनि ह्वात्तै बढाएको छ। अर्थतन्त्र चलायमान हुँदै गर्दा प्रणालीमा पनि रकम फर्किने अवस्थामा छ। यसले लगानीकर्ताको सक्रियता पनि सेयर बजारमा निकै बढेको छ। कारोबार पाँच दिनयता कै उच्च छ।

 

3815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?