जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सामसङले स्मार्टफोन ग्यालेक्सी जी फोल्ड ३ र जी फ्लिप ३ को प्रि-अर्डर खोल्यो, मूल्य २,२९९९९ रुपैयाँ

सामसङले स्मार्टफोन ग्यालेक्सी जी फोल्ड ३ र जी फ्लिप ३ को प्रि-अर्डर खोल्यो, मूल्य २,२९९९९ रुपैयाँ

सामसङ नेपालले ग्यालेक्सी जी सिरिजका दुई प्रिमियम स्मार्टफोनको प्रि-अर्डर सुरु गरेको छ। आइतबार औपचारिक रूपमा सामसङले नेपाली उपभोक्ताहरुलाई सवा दुई लाख रुपैयाँ माथिका स्मार्टफोनको प्रि-अर्डर खोलेको हो।

नेपाली उपभोक्ताहरुलाई आइतबारबाटै ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी र जी फ्लिप ३ फाइभ-जी स्मार्टफोन प्रि-अर्डर गर्न सक्ने जनाएको छ। यी दुई स्मार्टफोनका अतिरिक्त सामसङ नेपालले ग्यालेक्सी वाच फोर सिरिज र ग्यालेक्सी बड्स २ पनि एकैसाथ बजारमा ल्याएको छ। 

ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी मल्टीटास्किङ पावर हाउस, ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्लेका साथै एस पेनको सहायताले फोल्डेबल स्क्रिनमै सहज रुपमा काम गर्न सकिन्छ। यसका साथै यी दुवै स्मार्टफोन वाटरप्रुफ छन्।

‘हामी निरन्तर नयाँ आविष्कार उपलब्ध गराउन सधैं प्रयत्नरत छौं। यही सिलसिलामा हामीले दुई नयाँ मोडलहरु ग्यालेक्सी जी फोल्ड ३ फाइभजी तथा ग्यालेक्सी जी फ्लिप ३ फाइभ-जी प्रस्तुत गरेका छौं। अत्याधुनिक प्रविधियुक्त फोनहरुले उपभोक्ताहरुमा नयाँ उत्साह प्रदान गर्नेछ,’ सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न शाक्यले भने।

यी दुवै स्मार्टफोनहरुमा सामसङले अन्डर डिस्प्ले क्यामेरा प्रविधिको प्रयोग गरेको छ। फोटो वा भिडियो खिच्दा क्यामेराको भाग स्क्रिन भित्रै देखिए पनि अन्य कार्यहरु गर्दा क्यामेराको लेन्स हराउने कम्पनीले जनाएको छ।

फोनमा मेन तथा कभर स्क्रिनहरुमा १२० हर्ज एडेप्टिभ रिफ्रेस रेट रहेकाले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ अनुभव मिल्ने बताइएको छ। 
यसका साथै फुल्ली अप्टिमाइज एस पेनले ग्यालेक्सी जी फोल्ड ३ मा एस पेन फोल्ड एडिसन तथा एस पेन प्रो गरी एस-पेन दुई विकल्पमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ। 

त्यसैगरी, ग्यालेक्सी जी फोल्ड ३ मा फ्लेक्स मोड फीचर्स जस्ता सुविधाले माथिल्लो स्क्रिनमा भिडियो च्याट र तल्लो स्क्रिनमा मिटिङ नोटहरु सँगसँगै हेर्न सक्ने बताइएको छ। यो फोन ग्यालेक्सी फोल्ड २ भन्दा पातलो र हलुका रहेको कम्पनीले जनाएको छ। 

ग्यालेक्सी जी होल्ड ३ तीन वटा रङमा उपलब्ध छन्। फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन र फ्यान्टम सिल्भर रङमा ग्यालेक्सी जी होल्ड ३ किन्न सकिने कम्पनीले जनाएको छ।       

ग्यालेक्सी जी फ्लिप ३ फाइभ-जी तीन वटा रङहरु क्रिम, ल्याभेन्ड र ब्ल्याकमा उपलब्ध हुनेछ। कम्पनीले यो स्मार्टफोन सेल्फ-एक्पेरियन्सका लागि उपयुक्त डिभाइस भएको दाबी गरेको छ। ग्यालेक्सी जी फ्लिप ३ फाइभ-जीको कभर स्क्रिन पहिलेको भन्दा चार गुणा ठूलो छ। 

जसका कारण फोनलाई अनफोल्ड नै नगरी बाहिरबाटै नोटिफिकेसन हेर्न सकिने कम्पनीले जनाएको छ। जी फ्लिप ३ फोनमा भएको क्वीक सट फिचर सुविधका कारण मोबाइल फोन अनफोल्ड नै नगरी फोटो तथा भिडियो खिच्न सकिने बताइएको छ।

यो फोन पनि १२० हर्ज एडप्टिभ रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ रहेको छ। यसमा भएको डोल्बी एट्मोससहितको अपग्रेटेड स्टेरियो स्पीकरले फोनलाई अझै आकर्षित गर्ने कम्पनीको दाबी छ। यसका साथै नयाँ फ्लेक्स मोड प्यानले सहज रुपमा एपहरुलाई लक गर्न सकिने कम्पनीले जनाएको छ। 

फोनको मूल्य अधिकतम २.३० लाख रुपैयाँ
१२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जीको मूल्य दुई लाख १९ हजार ९९९ रुपैयाँ तय गरेको छ। १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ तोकेको छ। 

यस्तै, आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फ्लिप ३ को मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

उपभोक्ताहरुले भदौ २० देखि असोज चार गतेसम्म सामसङ नेपालको आधिकारिक वेबसाइट https://cms-prd.mygalaxy-nbs.com/NP-Foldable-Preorder/ वा दराज, इसेवा, सेलपे, स्मार्टडोको तथा सामसङ प्लाजामा प्रि-अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले असोज ६ गतेदेखि उपभोक्ताहरुले सामसङको स्टोरहरुबाट खरिद गर्न सक्ने जनाएको छ।

स्मार्ट वाच र इयर बड्स पनि 
सामसङ नेपालले ग्यालेक्सी जीका दुई स्मार्टफोनका अतिरिक्त स्मार्ट वाच र इयर बड्स पनि ल्याएको छ। ग्यालेक्सी वाच फोर सिरिज अन्तर्गत ग्यालेक्सी वाच फोर क्लासिक दुई आकारमा उपलब्ध छन्।

नेपाली बजारमा ग्यालेक्सी वाच फोर क्लासिक ४६ एमएमको ४९ हजार ९९९ रुपैयाँ र ४२ एमएमको ४६ हजार ९९९ रुपैयाँ तोकेको छ। 

यस्तै, ग्यालेक्सी वाच फोर पनि दुई वटै आकारमा उपलब्ध छन्। ४४ एमएमको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ४० एमएमको ३४ हजार ९९९ रुपैयाँ रहेको स्थापितले जानकारी दिए।

ग्यालेक्सी बड्स २ को मूल्य भने सामसङ नेपालले १७ हजार ९९९ रुपैयाँ तोकेको छ। सामसङले ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी र जी फ्लिप ३ फाइभ-जी को प्रि-अर्डरमा खरिदकर्ताहरुले एस पेनसँगै फ्लिप कभर नि:शुल्क पाउने कम्पनीले जनाएको छ। 

यसका साथै ग्यालेक्सी बड्स प्रो नि:शुल्क वा २५ हजार रुपैयाँको सहुलियत मूल्यमा ग्यालेक्सी वाच ४ क्लासिकमध्ये एक छान्न सक्ने कम्पनीले जनाएको छ। 

त्यसैगरी, ग्यालेक्सी जी फ्लिप ३ फाइभ-जीको प्रि-अर्डरमा खरिदकर्ताहरुले ग्यालेक्सी बड्स २ नि:शुल्क वा ३० हजार रुपैयाँको सहुलियत मूल्यमा ग्यालेक्सी वाच ४ क्लासिक छान्न सक्ने छन्।

शून्य प्रतिशत इएमआईमा स्मार्टफोन पाइने
प्रिमियम मूल्यको फोन भएकाले सामसङ नेपालले न्यूनतम साढे १० हजार रुपैयाँ तिरेर खरिदकर्ताहरुलाई शून्य प्रतिशत इएमआईमा फोन दिने जनाएको छ।

उपभोक्ताहरुले नबिल, सनराइज, ग्लोबल आइएमई, इन्भेष्टमेन्ट, माछापुच्छ्रे, सानिमा, एनएमबि, मेगा, कुमारी, एनआइसी एसियाका साथै उपासना सहकारी र हुलास इन्भेष्टमेन्टबाट इएमआईको सुविधा पाउने कम्पनीले जनाएको छ। 

कम्पनीले ग्यालेक्सी जी फोल्ड ३ र जी फ्लिप ३ को प्रि-बुकिङमा ग्राहकहरुले एक वर्षसम्मको ब्रेकेज (टुटफुट) बीमा सुविधा पाउने छन्।उपभोक्ताहरुले यी फोनहरु खरिद गर्ने क्रममा आफ्नो पुरानो फोनलाई सामसङको स्टोर तथा आइएमएस स्मार्टबाट ६ हजार रुपैयाँसम्म थप पाउने जनाएको छ।

सामसङ नेपालले प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई केजीएच ग्रुप, जिमखाना, होटल मेरियट, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आइएमएस लिटिल स्माइल, लेट मि इन, ट्रयान्क्युलिटी स्पा तथा होटल सम्बालामा १० हजार रुपैयाँसम्मको उपहारका लागि योग्य हुने जनाएको छ।

5445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका