जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घट्यो

गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घट्यो

काठमाडौं। गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घटेको छ। पोहोर १७.८० प्रतिशत लाभांश बाँडेको लघुवित्तले गत आर्थिक वर्षका लागि ४.२१ प्रतिशत मात्र प्रस्ताव गरेको छ। सञ्चालक समितिले ४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ। बाँकी कर प्रयोजनका लागि हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ छ। बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ११ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

धनकुटामा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तको पूर्वका १२ जिल्लामा कारोबार सञ्जाल छ।

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका