जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सुचिकृत २५ वाणिज्य बैंक मध्ये ४ वटाको लाभांश घोषणा बाँकि, अन्यले कति गरे प्रस्ताव?

सुचिकृत २५ वाणिज्य बैंक मध्ये ४ वटाको लाभांश घोषणा बाँकि, अन्यले कति गरे प्रस्ताव?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २५ वाणिज्य बैंकहरु मध्य २१ वटाले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरणहरु संचालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएका छन् । २१ वटा मध्ये १८ वटाले मात्र लाभांश बितरण गर्ने प्रस्ताव गरेका छन् ।

पुस १ गते साँझसम्म विवरणको अनुसार १८ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका, छन् भने ३ वटाले लाभांश बितरण नगर्ने प्रस्ताव गरेका छन् । अब ४ वटा वाणिज्य बैंकले लाभांशबारे निर्णय गर्न बाँकि रहेको छ ।

कृषि विकास बैंक, सिभिल बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकले लाभांशबारे निर्णय गर्न बाँकि रहेको छ । लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंकले लाभांश बितरण नगर्ने भएका छन् ।

लाभांश प्रस्ताव गरेका वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकको रहेको छ भने सबैभन्दा कम लाभांश सेन्चुरी कमर्शियल बैंकको रहेको छ । नबिल बैंकले ११.५ प्रतिशत नगद , र १८.५ प्रतिशत बोनस गरि कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै बैंक अफ काठमांडूले १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । एभरेष्ट बैंकले ७.६८ प्रतिशत नगद र १३ प्रतिशत बोनस गरि कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सबै भन्दा कम लाभांश भने सेन्चुरी कमर्शियल बैंकको रहेको छ । सेन्चुरीले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

नेप्सेमा सुचिकृत नभएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश घोषणा गरेको छैन ।

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?