जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको ६२ करोड ३३ लाख रुपैयाँ खुद नाफा

नेपाल पुनर्बीमा कम्पनीको ६२ करोड ३३ लाख रुपैयाँ खुद नाफा

नेपाल पुनर्बीमा कम्पनीले  ६२ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बिहीबार सार्वजनिक गरेको कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षभन्दा यस वर्ष ११ दशमलव ७४ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले  ५५ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।

यो नाफा कम्पनीको जीवन र निर्जीवन दुवैतर्फको नाफा हो । यस अवधिसम्म कम्पनीले नीर्जिवन बीमा व्यवसायबाट ५६ करोड ३२ लाल रुपैयाँभन्दा बढी नाफा गरेको छ भने जीवन बीमा व्यवसायबाट ६ करोड १ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।

यस वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले२ अर्ब ८१ करोड रुपैयाँ भन्दाबढी निर्जीवन व्यवसायबाट र १९ करोड ९८ लाख रुपैयाँभन्दा बढी जीवन व्यवसायबाट गरी कुल ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ भन्दा बढी खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड २० लाख रुपैयाँ भन्दा बढी र जीवन व्यवसायबाट १९ करोड ८६ लाख भन्दा बढी गरी  २ अर्ब ९९ करोड ६ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको थियो ।


८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा. २ अर्ब ५ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम र जीवन व्यवसायतर्फ ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ । कम्पनीको विवरणमा निर्जीवन तर्फको मात्र बीमा कोष रकम उल्लेख छ । उक्त रकम १ अर्ब ४७ करोड ५० लाख रुपैयाँभन्दा बढी छ ।

गत वर्ष निर्जीवन व्यवसायतर्फ  ४५ करोड ९९ लाख रुपैयाँभन्दा बढी र जीवन वीमा व्यवसायतर्फ  ६ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष निर्जीवन तर्फ  ६९ करोड ३१ लाख रुपैयाँभन्दा बढी र जीवन तर्फ रू. ६ करोड ६१ लाखभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ जारी गरि चैत २६ गते बाँडफाँट गरेको भएपनि लकडाउनका कारण हालसम्म सूचीकृत हुन सकेको छैन् ।

 

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?