जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहारो अंकले घटेको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा मंगलबारदेखि गिरावट आएको हो ।

आज नेप्से ४१.०२ अंकले घटेर दुई हजार एक सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.३५ अंकले घटेर दुई हजार ९० दशमलब ४५ विन्दुमा बन्द भएको थियो  ।

त्यस्तै, आज शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट छ । आज ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन्

आज गुँरास लघुवित्त व्त्तिीय संस्थाको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?