जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा झन्डै ४९ अर्ब, नबिल एक्लैको ५ अर्ब, कृषि विकासको ४१ करोड

वाणिज्य बैंकहरुको नाफा झन्डै ४९ अर्ब, नबिल एक्लैको ५ अर्ब, कृषि विकासको ४१ करोड

वाणिज्य बैंकहरुको नाफा एकै महिनामा ७ अर्ब ८० करोड रुपैयाँ बढेको छ।

माघ अन्त्यसम्म ४१ अर्ब २ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको एकीकृत नाफा फागुनमा ४८ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो। जुन गत वर्ष सो अवधिमा ४६ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।

२१ वटा वाणिज्य बैंकमध्ये नबिल बैंकको नाफा सबैभन्दा बढी छ। चालु आर्थिक वर्षको आठ महिनामै नबिलले ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ र एनआइसी एसिया बैंकले ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। चार अर्बभन्दा बढी नाफा कमाउने यी तीनवटा बैंकहरु मात्रै छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्बभन्दा बढी छ।

कृषि विकास बैंकको नाफा भने सबैभन्दा कम देखिन्छ। अधिकांश बैंकले अर्बभन्दा बढी नाफा कमाइरहेको अवस्थामा बैंकले आधा अर्ब पनि कमाउन सकेको छैन।

फागुनसम्म कृषि विकास बैंकको खुद नाफा ४१ करोड रुपैयाँ मात्र छ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका