जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जीवन बीमक संघ र जापानको बीमक संघले संयुक्त रुपमा सेमिनार आयोजना गर्दै

जीवन बीमक संघ र जापानको बीमक संघले संयुक्त रुपमा सेमिनार आयोजना गर्दै

जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ सँग मिलेर आगामी बैशाख १२ गते काठमाडौंमा ‘जापान नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको छ । जीवन बीमक संघले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड ‘फालिफा’ सँग मिलेर पहिलोपटक यस्तो सेमिनार आयोजना गर्न थालेको हो ।

जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा पहिलो पटक यस्तो कार्यक्रम हुन थालेको हो । उनले जापानमा जादा फालिफाका प्रतिनिधिहरु सँग भेटघाट गरेका थिए । सोहि भेटघाटमा उनले नेपालमा पनि एउटा सेमिनार आयोजना गर्ने प्रस्ताव गरेका हुन् । फालिफा र जीवन बीमक संघले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेका छन् ।

सेमिनार क्राउन इम्पेरियल रविभवनमा आयोजना हुनेछ । संघले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन/तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन आमन्त्रित गरेको छ । संघले बैशाख ७ गतेसम्म सहभागीको सूची बुझाउन सम्पुर्ण कम्पनीलाई पत्राचार समेत गरिसकेको छ ।

बैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ । सेमिनाको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालिफाका म्यानेजिङ डाइरेक्टरले संबोधन गर्नेछन् । पहिलो सेसन ७० मिनेटको रहनेछ । जसमा फालिफाको तर्फबाट ‘च्यालेन्जेज अफ लाइफ इन्स्योरेन्स इन्ड्रष्ट्री इन अ र्यापिड्ली चेन्जिङ विजनेस इन्भारमेन्ट’ को विषयमा प्रस्तुतिकरण रहेको छ । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन् । सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संबोधन गर्नेछन् ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका