जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • बचत,निक्षेप खाता सञ्चालन गरेबापत लघुवित्तले कुनै पनि शुल्क लिन पाउँदैनन्ः राष्ट्र बैंक

बचत,निक्षेप खाता सञ्चालन गरेबापत लघुवित्तले कुनै पनि शुल्क लिन पाउँदैनन्ः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। ‘बचत÷निक्षेप खाता सञ्चालन गरेबापत लघुवित्त वित्तीय संस्थाहरुले कुनै पनि किसिमको शुल्क लिन पाउँदैनन्’, राष्ट्र बैंकले भनेको छ।

कर्जा प्रवाह गर्दा भने लघुवित्त संस्थाहरुले १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ।

लघुवित्त वित्तीय संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो गर्दा गर्न सकिने व्यवस्था गरिएको छ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका