जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सर्वसाधारण जनताको १५ अर्ब बढि रकम ठगी गरेका शिखर अर्गनाईजेनशका प्रमुख शर्मा पक्राउसंगै एसबीआई बैंकको पौने २ अर्ब र हिमालयन बैंकको सवा अर्ब कर्जा फस्योः ६ बैंकको ५ अर्ब कर्जा जोखिममा !

सर्वसाधारण जनताको १५ अर्ब बढि रकम ठगी गरेका शिखर अर्गनाईजेनशका प्रमुख शर्मा पक्राउसंगै एसबीआई बैंकको पौने २ अर्ब र हिमालयन बैंकको सवा अर्ब कर्जा फस्योः ६ बैंकको ५ अर्ब कर्जा जोखिममा !

सुन्दा पनि डरलाग्ने हेर्दा मुटु नै हल्लीने एउटा घटना हालै सार्वजनिक भएको छ । दुई वटा सहकारी संस्था सञ्चालन गरि सर्वसाधारण जनताको १५ अर्ब भन्दा बढि रकम ठगी गरि फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. तथा तुलसी सहकारीका प्रमुख केदारनाथ शर्मा र उनीको श्रीमती गीता शर्मा पक्राउसंगै ५ वटा वाणिज्य बैंकको ५ अर्ब कर्जा जोखिममा पर्ने हो कि भन्ने आशंका उब्जेको छ भन्दा अब फरक पर्दैन । केदारनाथ शर्माले शिखर अर्गनाइजेशन खडा गरि विभिन्न ४३ वटा निजी कम्पनीमा सहकारीको पैसा लगानी गरेको खुलेको छ । १५ अर्ब भन्दा बढि दुई सहकारीबाट सर्वसाधारण जनताको डिपोजिट ठगी गरेपछि शर्मा सहितका सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यरो (सीआईबी)लाई पत्राचार गरेको थियो । विभागले गरेको पत्राचारको आधारमा शिवशिखर सहकारीका ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गीता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गीता शर्मा केदारनाथ शर्माकी श्रीमती हुन् । पक्राउ परेका सञ्चालकहरु अहिले पुर्वपक्षका लागि थुनामा छन् भन्दा फरक पर्दैन ।

केदारनाथ शर्माले शिखर अर्गनाइजेशन खडा गरि विभिन्न ४३ वटा निजी कम्पनीमा सहकारीको पैसा लगानी गरेको खुलेको छ । १५ अर्ब भन्दा बढि दुई सहकारीबाट सर्वसाधारण जनताको डिपोजिट ठगी गरेपछि शर्मा सहितका सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यरो (सीआईबी)लाई पत्राचार गरेको थियो ।

मासिक १ अर्ब भन्दा बढि विभिन्न कम्पनी मार्फत कारोबार गर्दै आएका शर्मा पक्राउसंगै ६ बैंकको ५ अर्ब कर्जा जोखिममा पुगेको हो भन्दा अब अन्यथा नहोला । ६ बैंक मध्ये ४ वटा बैंकले धितो राम्रो राखेर कर्जा दिए पनि नेपाल एसबीआई बैंक लिमिटेडले केही धितो र केही गोदामको सामान मूल्याङ्कन गरि २ पौने अर्ब कर्जा दिएको देखिन्छ । यस्तै अर्को हिमालयन बैंकले पनि केही धितो र केही गोदामको मुल्याङ्कनमै सवा अर्ब कर्जा दिएको भेटिएको छ । यी दुई बैंकको कर्जा फस्ने राष्ट्र बैंककै उच्च अधिकारीको दाबी छ । राष्ट्र बैंक उच्च स्रोत भन्दछः– ६ वाणिज्य बैंकले कर्जा दिएको देखिन्छ । ४ वटा बैंकको धितो लिलाम गर्दा कर्जा भन्दा बढि पैसा आउने देखिन्छ । तर, २ वटा नेपाल एसबीआई बैंक र हिमालयन बैंकको धितो कम र गोदामको मुल्याङ्कन बढि देखिएको छ । यसले भोलि कर्जा डुब्ने पक्का पक्की जस्तै छ भन्दा फरक पर्दैन । उनीकै शब्द सापटी लिने हो भने नेपाल एसबिआई बैंक लिमिटेडको पौने २ अर्ब कर्जा र हिमालयन बैंकको दुई अर्ब शर्मालाई दिएको कर्जा डुब्ने प्रायः निश्चित देखिन्छ । शर्माले ६ अर्ब भारत पु¥याएको १५ अर्ब सर्वसाधारणको ठगी गरेको भन्दै प्रहरीको सिआईबीले पक्राउ गरेसंगै हिमालयन बैंक र नेपाल एसबीआई बैंक लिमिटेडको यति ठूलो कर्जा जोखिममा फसेको मात्रै छैन डुब्ने प्रायः निश्चित जस्तै देखिन्छ । गर्भनर साब हेक्का होस् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ९० करोड कर्जा लगानी भेटिएको छ । शर्माका केही कम्पनीहरुमा कर्जा दिएको हालसम्म सावा तथा ब्याजका किस्ता नियमितरुपमा आइरहेको र धितोमा कर्जा दिएको हो । विना धितो कर्जा दिएको छैन ।त्यसकारण कर्जा डुब्ने कुरामा कुनै सत्यता नभएको सीइओ ज्योती प्रकाश पाण्डेले पंक्तिकारसंग बताए । माछापुच्छ्रे बैंकले २ वटा उद्योगमा करिब ६८ करोड लगानी गरेको छ ।

कुन बैंकको कति कर्जा ?
भनिन्छ शर्माले सहकारीको स्रोतको मात्रै दुरुपयोग नभएर शर्माका विभिन्न कम्पनीमा बैंकहरुको अर्बाैं लगानीसमेत जोखिममा परेको देखिएको छ । बैंकहरुबाट करिब साढे ५ अर्ब हाराहारी कर्जा लगानी भएकोमा बैंकहरुको केही कर्जामा धितो छ भने केही कर्जामा धितोसमेत नभएको स्रोतको दाबी छ । असोजपछि केहीकम्पनी बाहेक अधिकांश कम्पनीले सावाँ तथा ब्याज भुक्तानी नगरेको भेटिएको छ । गर्भनर साब हेक्का होस् । शर्माले सबैभन्दा धेरै कर्जा नेपाल एसबीआई बैंकबाट लिएको भेटिएको छ । बैंकले करिब पौने २ अर्ब कर्जा शर्माका विभिन्न कम्पनीमा लगानी गरेको भेटिएको छ । शर्माको वाटर पम्प कम्पनीमा नबिल बैंकको लगानी रहेको र त्यसको राम्रो धितासमेत बैंकको दाबी छ । शर्मा र उनकी श्रीमती गीता शर्माको नाममा रहेको विभिन्न कम्पनीमा हिमालयन बैंकको सवा अर्ब भन्दा बढी कर्जा लगानी रहेको भेटिएको छ । यो केही धितो र केही गोदामको स्टक सामानको मुल्याङ्कनमा दिएको देखिन्छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ९० करोड कर्जा लगानी भेटिएको छ । शर्माका केही कम्पनीहरुमा कर्जा दिएको हालसम्म सावा तथा ब्याजका किस्ता नियमितरुपमा आइरहेको र धितोमा कर्जा दिएको हो । विना धितो कर्जा दिएको छैन ।त्यसकारण कर्जा डुब्ने कुरामा कुनै सत्यता नभएको सीइओ ज्योती प्रकाश पाण्डेले पंक्तिकारसंग बताए ।

प्रभु बैंकको पनि ३५ करोड रुपैयाँ लगानी रहेको र कर्जाको साँवा ब्याज नियमितरुपमा आएको धितो राम्रो भएको कारण कर्जा जोखिम नभएको सीइओ अशोक शेरचनले पंक्तिकारसंग बताए । यसबाहेक एनएमबी बैंकले पनि करिब ८ करोड कर्जा लगानी गरेको देखिन्छ । यसको धितो राम्रो भएको बैंक स्रोतको दाबी छ ।

माछापुच्छ्रे बैंकले २ वटा उद्योगमा करिब ६८ करोड लगानी गरेको छ । जसमध्ये मोरङको शनिश्चरेमा रहेको गोर्खा टी स्टेट अहिले पनि सञ्चालनमा छ । त्यसको कर्जा व्याज नियमितरुपमै बैंकका आएको सीइओ सन्तोष कोइरालाले पंक्तिकारसंग बताए । प्रभु बैंकको पनि ३५ करोड रुपैयाँ लगानी रहेको र कर्जाको साँवा ब्याज नियमितरुपमा आएको धितो राम्रो भएको कारण कर्जा जोखिम नभएको सीइओ अशोक शेरचनले पंक्तिकारसंग बताए । यसबाहेक एनएमबी बैंकले पनि करिब ८ करोड कर्जा लगानी गरेको देखिन्छ । यसको धितो राम्रो भएको बैंक स्रोतको दाबी छ ।

शर्माका शिव शिखर अर्गनाइजेशन अन्तर्गतका यी ४३ कम्पनी
शिव शिखर अर्गनाइजेशन अन्तर्गतका ४३ कम्पनीमा कृषि, उद्योग, कन्सल्टेन्सि, मिडिया, फार्म, आईटी, होटल लगायत प्रा.लि रहेका भेटिएको । जसमा तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि, गार्डेन मार्ट प्रा.लि, तुलसी माहुरी फार्म प्रा.लि, नटराज फुड इण्डष्ट्रि प्रा.लि, नटराज एग्रो प्रा.लि, शिव शिखर एग्रो प्रा.लि, तुलसी काउ फार्म एण्ड डेरी प्रा.लि, आधुनिक शिव शिखर कृषि अनुसन्धान केन्द्र प्रा.लि रहेका छन् । यस्तै गोर्खा टि एण्ड कफी इण्डष्ट्रिज प्रा.लि,गोर्खा वेभरेज प्रा.लि, शिखर मेसेनरी एण्ड अटोमोबाइल्स प्रा.लि, तुलसी मोटर पम्प इण्डष्ट्रि प्रा.लि, तुलसी फुड इण्डष्ट्रि प्रा.लि, शिखर दिप फुड इण्डष्ट्रिज प्रा.लि, शिव शिखर इन्भेष्टमेन्ट प्रा.लि रहेका छन् ।

माछापुच्छ्रे बैंकले २ वटा उद्योगमा करिब ६८ करोड लगानी गरेको छ । जसमध्ये मोरङको शनिश्चरेमा रहेको गोर्खा टी स्टेट अहिले पनि सञ्चालनमा छ । त्यसको कर्जा व्याज नियमितरुपमै बैंकका आएको सीइओ सन्तोष कोइरालाले पंक्तिकारसंग बताए ।

यस्तै उपकार गार्मेन्ट प्रा.लि, तुलसी कफी उद्योग प्रा.लि, शिखर मिनरल वाटर एण्ड वेभरेज प्रा.लि, उपकार अगरबत्ती उद्योग प्रा.लि, शिव शिखर खाध्य उद्योग प्रा.लि, शिखर स्पाइस एण्ड फ्रुट इण्डष्ट्रिज प्रा.लि, उपकार ओयल इण्डष्ट्रिज प्रा.लि, त्रिदेवी फ्लोर एण्ड ओयल इण्डष्ट्रि प्रा.लि, हिमालयन लायन कन्ष्ट्रक्सन एण्ड मल्टीसोलुसन प्रा.लि, उपकार फाउण्डेसन प्रा.लि, उपकार इम्पोर्ट प्रा.लि, युरोप ओभरसिज स्टडिज कन्सल्टेन्सी प्रा.लि रहेका छन् । नेपा टेक्नोलोजी प्रा.लि, वेजन इन्टरनेशनल प्रा.लि, होटल होप लाइफ प्रा.लि टेक्नो ड्रोन प्रा.लि, काइन्डली केयर इण्डष्ट्रिज प्रा.लि, डिजिटल शिखर प्रा.लि, त्रिदेवी फुड इण्डष्ट्रिज प्रा.लि, उपकार सोलुसन प्रा.लि, भेहिकल सोलुसन एण्ड सर्भिस प्रा.लि, शिखर अर्गनाइजेशन प्रा.लि, गोरखा सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रा.लि, फोर स्टर ग्रुप प्रा.लि, ब्रिटिस गोर्खा ट्रेड प्रा.लि उपकार मडिया ग्रुप प्रा.लि, न्यूज अखबार मिडिया प्रा.लि, रहेको छ । यी ४३ कम्पनीबाट ६ बैंकबाट ५ अर्ब कर्जा शर्माले लिएको भेटिएको छ । यदि शर्मा लामो समय जेल जीवन विताए ६ बैंकहरुको कर्जा उच्च जोखिममा पर्ने देखिन्छ । सचेत भया ।

11520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका