जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका हुन् ।

बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै, एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जानकारी गराएको छ ।

बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । बैंकले २०८० असारसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा, २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन र एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका