जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन, अन्य चार सञ्चालक पनि चुनिए

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन, अन्य चार सञ्चालक पनि चुनिए

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बिहीबारको साधारणसभाले सञ्चालक समितिमा सदस्यहरु चयन गरेको थियो। गोयलसहित चयन भएका अन्य सञ्चालकहरुले उनलाई अध्यक्ष बनाएको हो।

गोयलले बिहीबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

गोयल पुराना बैंकर हुन्। उनी पहिले ग्लोबल आइएमइ बैंकमा मर्ज भएको बैंक अफ काठमाण्डूको सीइओ भएका थिए। त्यसपछि उनकै अग्रसरतामा खोलिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भए। त्यो संस्था एनएमबि बैंकमा गाभिइसकेको छ।

गोयलसँगै सञ्चालकहरुमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन्।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?