जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ‘भय रहित वातावरणमा काम गर्न देउँ’:फियुन 

‘भय रहित वातावरणमा काम गर्न देउँ’:फियुन 

कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। फियुनले यस विषयमा पर्याप्त अनुसन्धान÷छानविन गरेर कसुरको मात्राको आधारमा मात्र कारवाही प्रकृया अगाडि बढाउनु पर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको स्वाभिमान र ख्यातिको ख्याल गर्दै उनीहरुको मनोबल गिर्न नदिन र भय रहित कार्य वातावरण सृजना गर्ने तर्फ गम्भीर हुन सम्वद्ध जिम्मेवार निकायलाई फियुनले अपिल गरेको छ। पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी कर्तव्यपालनाको क्रममा बैंक तथा वित्तीय संस्थाको कामकारवाहीमा प्रत्यक्ष सहभागी नभएतापनि पदीय जिम्मेवारी बहन गरेको कारणले मात्र दोषी करार गरिएको आभाष हुनेगरी कार्य भएको पाइएको फियुनले जनाएको छ।

फियुंनले भनेको छ ‘बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह घरजग्गाको धितो लगायत नगदप्रवाह, परियोजना समेतको आधारमा हुनेहुंदा नियामक निकायको नीति, निर्देशन, ऐन कानून विपरीत अनुचितकार्य भएको भए यस विषयमा पर्याप्त अनुसन्धान÷छानविन गरेर कसुरको मात्राको आधारमा मात्र कारवाही प्रकृया अगाडि बढाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको स्वाभिमान र ख्यातिको ख्याल गर्दै उनीहरुको मनोबल गिर्न नदिन र भय रहित कार्य वातावरण सृजना गर्ने तर्फ गम्भीर हुन सम्वद्ध जिम्मेवार निकायलाई हार्दिक अपिल गर्दछौं ।’

देशको बैंक तथा वित्तीय क्षेत्रका कुनै पनि कर्मचारीले आग्रह, पूर्वाग्रह र शंकाको आधारमा कहीकतै, कहिल्यै, कसैले दुःख पाउन नहुने र , सजायको भागी हुन नहुने फियुनले उल्लेख गरेको छ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका