जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पहिला पनि एनआईसी एशिया बैंकको लाभाशं रोक्का भएकै हो । वासेल रिपोर्ट अध्ययन भइरहेको छ, फाइल म कहाँ आउने वित्तिकै निर्णय हुन्छ

पहिला पनि एनआईसी एशिया बैंकको लाभाशं रोक्का भएकै हो । वासेल रिपोर्ट अध्ययन भइरहेको छ, फाइल म कहाँ आउने वित्तिकै निर्णय हुन्छ

नेपालमा संचालित २० वाणिज्य बैंक मध्ये हरेक पटक वित्तिय विवरण गलत सार्वजनिक गरिएको भनी चर्चामा आइरहेको बैंक एनआईसी एशिया बैंक यो पटक पनि विवादित बन्न पुगेको छ । अझ यो पटक त बैंकका उच्च तहका कर्मचारीले राजिनामा पनि दिए । यस बैंकका बारेमा यस अनलाइन पोर्टलका सम्पादक भूपेन्द्र आचार्यले सोही विषयमा केन्द्रीय रही नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग गरिएको कुराकानी सम्पादी अंशः

० गभर्नर साब एनआईसी एशिया बैंकको कुरा के हो ?
यहि हो भनेर अहिले नै भन्न सकिने अवस्था त छैन । तरपनि एनआईसी एशिया बैंकको वासेल रिपोर्टको अध्ययन सुपरिवेक्षण विभागबाट भइरहेको छ ।

० एनआईसी एशिया बैंकले पटक/पटक गल्ती गर्दै जाने राष्ट्र बैंकले जोगाउँदै जाने गरेको आरोप पनि छ नि गभर्नर साब ?
यस्तो होइन, विगतमा एनआईसी एशिया बैंकले प्राथमिक पूँजी कोष नपु¥याएकै कारण २ वर्षको लाभाशं रोक्का गरेको पनि हो नि । गल्ती गर्ने माथी कारवाही हुन्छ । जनताको पैसा बैंकमा छ । त्यसको संरक्षण गर्ने दायित्व राष्ट्र बैंकको हो नि ।

० गभर्नर साब एनआईसी एशिया बैंकले ५० भन्दा बढि शाखा बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको कुरा बाहिर आयो यो चाहि के हो ?
यो केही समय अगाडीको कुरा हो । शाखा बन्द गर्न र खुलाउन राष्ट्र बैंककै स्वीकृती चाहिन्छ नि । बन्द गर्छु भन्दैमा पाइन्छ । भूपेन्द्र जी ।

० गभर्नर साब एनआईसी एशिया बैंकले २ खर्ब ९३ अर्ब रुपैया कुल कर्जा प्रवाह गरेकोमा करिब १ खर्ब ३४ अर्ब रुपैया आवासिय कर्जा दिएको देखिन्छ । यो राष्ट्र बैंकको निर्देशन विपरित भएन र ?
मैले भनिरहेको छु । सम्बन्धित विभागबाट छानवीन भनौ वा अध्ययन भइरहेको छ । तपाईले भने जस्तो हो भने कारवाही हुन्छ । निर्देशन विपरित कुनै पनि काम गर्न पाइदैन नि ।

० कुल पूँजीको २५ प्रतिशत मात्रै आवसिय कर्जा बैंकहरुले दिन पाउने व्यवस्था छ । तर, एनआईसी एशिया बैंकले ४६ प्रतिशत हाराहारीमा यस्तो कर्जा दिएको उसैको वित्तिय विवरणमा देखिन्छ नि ?
यो छानवीन कै विषय हो र छानवीन पनि भइरहेको छ । अहिले यहि हो भनेर मैले भन्न सक्ने अवस्था रहेन । छानवीन पछि मसँग फाइल आएपछि एउटा निर्णय हामी गर्दछौं । ढुक्क भए हुन्छ ।

अब हाम्रो कुराः–
स्मरणीय होस आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा एनआईसी एसिया बैंकको पुँजीकोषमा अपुग हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो । दुई आर्थिक वर्षपछिमात्रै यस बैंकले गत आर्थिक वर्ष करिब ३० प्रतिशत लाभांश वितरण गरेको थियो । भन्दा फरक पर्दैन । एनआईसी एसिया बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेकोमा करिब १ खर्ब ३४ अर्ब रुपैयाँ आवासीय कर्जा प्रवाह भएको वासेल रिपोर्टमा उल्लेख गरेको छ । यस हिसाबले हेर्ने हो भने एनआईसी एसिया बैंकले करिब ४६ प्रतिशत कर्जा आवासीय क्षेत्रमा देखाएको छ । जब कि राष्ट्र बैंकले आवासीय कर्जा कुल कर्जाको २५ प्रतिशतभन्दा बढी दिन नपाउने व्यवस्था छ । भन्दा फरक पर्दैन ।

यस्तै दुई करोडभन्दा माथिको आवासीय कर्जा कुल कर्जाको १० प्रतिशतभन्दा बढी दिन नपाउने व्यवस्था छ । यी सबै नियमहरू उल्लंघन गर्दै जोखिमभार कम भएको आवासीय कर्जामा बढी कर्जा देखाएर एनआईसी एसियाले पुँजीकोष मिलान गरेको छ । आवासीय कर्जाको जोखिमभार ६० प्रतिशतमात्रै रहेको देखिन्छ । गभर्नर साब हेक्का होस् । १ खर्ब ३४ अर्ब आवासीय कर्जामा ६० प्रतिशत जोखिमभार कायम गरेर एनआईसी एसिया बैंकले क्रेडिट रिस्क कम देखाएको छ । जसले कुल जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष ८.७३ प्रतिशत देखाइएको छ । भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

राष्ट्र बैंकले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त समाचार प्रकाशन गरेसँगै एनआईसी एसिया बैंकको सञ्चालक समितिमा विवाद बढेको छ । जसका कारण बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसमक्ष राजीनामा दिएका थिए । तर, बैंक समस्यामा रहेका बेला उच्च व्यवस्थापन तहका कर्मचारीले राजीनामा दिँदा बजारमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै आज बसेको सञ्चालक समिति बैठकले पाण्डेको राजीनामा हाललाई रोकेको देखिन्छ । भन्दा फरक पर्दैन ।

यसरी झुटको खेती गर्दै एनआईसी एशिया बैंक
एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको व्यहोरा सबैमा अवगत नै रहेको छ ।
हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ । साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तीमार्फत स्पष्ट पार्न चाहन्छौं ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

3895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका