जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आइएमई लाइफ हरिवन शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

आइएमई लाइफ हरिवन शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखा कार्यालयले बीमितको घरमै गएर एक कार्यक्रमको आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले इश्वरपुर १३ सर्लाहीका स्वर्गीय बीमित तेज नारायण महतोको दुर्घटनामा मृत्यु भएपश्चात उनकी श्रीमती अनिसा कुमारी सिंहलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको आइएमई लाइफ कम्पनीका हरिवन शाखा प्रमुख राजेश शाहले जानकारी दिए ।

बीमित तेज नारायण महतोले वैदेशिक रोजगारको शिलशिलामा मलेसिया जाने क्रममा कम्पनीमा म्यादि जीवन बीमा गराएका थिए । माघ महिनामा दुर्घटनामा परी उनको मृत्यु भएपश्चात आवश्यक प्रक्रिया पुरा गरी चैत १९ गते कम्पनीले उनको निवासमै गएर बीमा दावी बापतको रकम हस्तान्तरण गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका हरिवन शाखा प्रमुख शाहले बीमितको परिवारको आर्थिक अवस्था एमदमै नाजुक रहेको र सो रकमले उनीहरुलाई आउँदो दिनमा जिविकोपार्जन गर्न सहज हुने बताए । साथै, उनले आफ्नो लागि मात्र नभएर आफ्नो परिवारको लागि भएपनि बीमा अहिलेको एकदमै महत्वपूर्ण आवश्यकता रहेको समेत जिकीर गरे ।

दावी भुक्तानी कार्यक्रममा कम्पनीका मधेस प्रदेश प्रमुख, अभिकर्ता, कम्पनीका कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका