जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाइवाइ

गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाइवाइ

सीजीले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट वाइवाइको उत्पादन सुरु गरेको थियो । नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो । आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सकोे वृद्धि पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुदै गएको छ ।

कच्चा सामान फ्याक्ट्री पुग्नु अघि देखिनै सीजीले गुणस्तरमा ध्यान दिएको हुन्छ र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्दछ । प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नु अघि गुणस्तर जाँचको मापदण्ड पुरा गरेको हुनुपर्छ । यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् । प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् । कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (¥यान्डम्ली) नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।

सीजी सँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याबगरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन ।

पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परिक्षण गरिन्छ ।

माथिका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली क्ष्क्इ द्दद्दण्ण्ण्स् द्दण्ज्ञड र गुणस्तर व्यवस्थापन प्रणाली क्ष्क्इ ढण्ण्ज्ञस् द्दण्ज्ञछ प्रमाणित छन् । विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ । वाइवाइको सफलता धेरै वर्ष देखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?