जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंक लगायत दर्जनौ बैंकहरुले सहुलियतपूर्ण कर्जा अर्बपतिहरुलाई दिएर दुरुपयोग गरेको खुलासाः कारवाही गर्न भण्डारी एण्ड जोशी फर्मले दिएको प्रतिवेदन गभर्नर अधिकारीबाटै गायब !

एनआईसी एशिया बैंक लगायत दर्जनौ बैंकहरुले सहुलियतपूर्ण कर्जा अर्बपतिहरुलाई दिएर दुरुपयोग गरेको खुलासाः कारवाही गर्न भण्डारी एण्ड जोशी फर्मले दिएको प्रतिवेदन गभर्नर अधिकारीबाटै गायब !

नेपालका २० वाणिज्य बैंकहरुले अर्बपतिहरुलाई सहुलीयतपुर्ण कर्जा दिएर दुरुपयोग गरेपनि अझै कारवाही राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्न सकेका छैनन् भन्दा अब फरक पर्दैन । गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको एनआईसी एशिया बैंक लगायत दर्जनौ बैंक माथी छानवीन गरि प्रतिवेदन दिएको भण्डारी एण्ड जोशी फमको फायल नै गायब बनाएको राष्ट्र बैंकका एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए । गभर्नर अधिकारीले किन सधैं एनआईसी एशिया बैंकलाई बचाउँदै आएका छन् । यो खोजीको विषय बनेको छ ।

उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले ०७५ सालदेखि सुरु गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा व्यापक दुरुपयोग भएको निष्कर्ष निकालिएको छ ।

करदाताले तिरेको करबाट व्याज अनुदान दिँदै कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा लिएका अधिकांश अर्बपति ब्यक्तिहरुले उक्त रकम दुरुपयोग गरेकाले कारबाही गर्नु पर्ने सिफारिससहित प्राप्त प्रतिवेदन विगत ६ महिनादेखि नेपाल राष्ट्र बैंकमा थन्किएर बसेको छ । भन्दा अब फरक पर्दैन । उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले ०७५ सालदेखि सुरु गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा व्यापक दुरुपयोग भएको निष्कर्ष निकालिएको छ ।नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताका विषयमा अध्ययन गर्न लगाएको भण्डारी एण्ड जोशी फर्मले सहुलियतपूर्ण कर्जाको व्यापक दुरुपयोग भएको ठहरसहित नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाएको छ । विगत ६÷७ महिना भएको छ भन्दा फरक पर्दैन ।

२०७५ सालदेखि सहुलियतपूर्ण व्याज अनुदानमा करिब २२ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । करदाताले तिरेको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्नुमा नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले कानुन विपरित काम गर्नेलाई सहुलियत दिन खोजेका हुन् ।

गत कात्तिकमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रतिवेदन बुझाए पनि राष्ट्र बैंकले कर्जा दुरुपयोग गर्नेलाई कारबाही गर्न आनाकानी गरेको देखिन्छ । कारण के हो ? राष्ट्र बैंकले भण्डारी एण्ड जोशी फर्मले तयार गरेको प्रतिवेदन गत पुसमा अर्थ मन्त्रालयमा बुझाए पनि अर्थ मन्त्रालयले समेत कर्जा दुरुपयोग गर्नेलाई कारबाही गर्न तत्परता देखाएको छैन । २०७५ सालदेखि सहुलियतपूर्ण व्याज अनुदानमा करिब २२ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । करदाताले तिरेको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्नुमा नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले कानुन विपरित काम गर्नेलाई सहुलियत दिन खोजेका हुन् । भन्दा फरक पर्दैन । गत साउन ७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मेलनमा सहुलियपूर्ण कर्जा दुरुपयोग भएको पाइए सम्बन्धित बैंक तथा ऋणीलाई कानुनी कारबाहीमा पर्ने बताएका त थिए तर, कारवाही गर्न चुकेका छन् भन्दा फरक पर्दैन । तर, अधिकांश सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको सिफारिस सहितको प्रतिवेदन गर्भनरको टेलबमा पुग्दा समेत कर्जा दुरुपयोग गर्ने ऋणी तथा सम्बन्धित बैंकलाई कारबाहीको दायरामा ल्याउन उनी हच्किएको भेटिएको छ, कारण के हो ?

सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा र व्यवसायिक निरन्तरता कर्जा दुरुपयोग भएको निरन्तर गुनासोपछि राष्ट्र बैंकले २०७९ चैतमा प्रतिस्पर्धाबाट जोशी एण्ड भण्डारी अडिट फर्मलाई छनोट गर्दै सहुलियतपूर्ण कर्जा लगानीको विषयमा अध्ययन गर्न लगाएको थियो ।

त्यसो त गर्भनर अधिकारी आफैंले २ वर्षअघि गठन गरेको राष्ट्र बैंकको आन्तरिक समितिले समेत प्रदेशगत अध्ययन गर्दै सहुलितपूर्ण कर्जा दुरुपयोग भएको प्रतिवेदन दिएको थियो । तर, गभर्नर अधिकारीले उक्त प्रतिवेदन कार्यान्वयन गर्दै कर्जा दुरुपयोग घटाउने गरी नीति लिन सकेनन् । कारण के हो ? गभर्नर साब हेक्का होस् । सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा र व्यवसायिक निरन्तरता कर्जा दुरुपयोग भएको निरन्तर गुनासोपछि राष्ट्र बैंकले २०७९ चैतमा प्रतिस्पर्धाबाट जोशी एण्ड भण्डारी अडिट फर्मलाई छनोट गर्दै सहुलियतपूर्ण कर्जा लगानीको विषयमा अध्ययन गर्न लगाएको थियो । फर्मले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा अधिकांश पुरानै ऋणीले सहुलियतपूर्ण कर्जा लिएको र उत्पादन तथा उत्पादकत्व बढाउनभन्दा पनि पुरानो ऋणको साँवा तथा व्याज तिर्न सहुलियतपूर्ण कर्जा एनआईसी एशिया लगायत दर्जनौ बैंकले दिएको निष्कर्ष निकालेको भेटिएको थियो । गभर्नर साब हेक्का होस् ।

राष्ट्र बैंकले गत साउन दोस्रो साता सहुलियतपूर्ण कर्जाको व्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । अर्थ मन्त्रालयले व्याज अनुदानको रकम निकासा नगर्दा सरकारप्रतिको विश्वसनियतामा प्रश्न उठेको भन्दै तत्कालै व्याज अनुदानको रकम निकासा गर्न केन्द्रीय बैंकले आग्रह गरेको देखिन्छ ।

सहुलियतपूर्ण कर्जाले नयाँ महिला उद्यमी सिर्जना गर्नुभन्दा पनि अधिकांश पुरुषको नाममा दर्ता संस्था महिलाको नाममा नामसारी गर्दै वा महिलाको नाममा सोही व्यवसाय गर्न नयाँ संस्था दर्ता गर्दै महिला उद्यमी कर्जा लिने गरिएको फर्मको निष्कर्ष छ । यस्तै कृषि क्षेत्रमा भएको सहुलियतपूर्ण कर्जा लगानी नयाँ कृषिजन्य उत्पादन बढाउनभन्दा पनि जग्गा खरिद गर्न तथा नयाँ घर बनाउन र सवारी साधनमा खर्च भएको फर्मले तयार गरेको प्रतिवेदनमा उल्लेख गभर्नर साब हेक्का होस् । सरकारले परम्परागत सीप र पेशालाई आधुनिकीकरण र प्रवर्धन गरी आर्थिकरुपले विपन्न र सीमान्तकृत समुदायमा उद्यमशीलता विकास गर्ने सोचका साथ सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । तर, कार्यक्रमको सोचअनुसार उपलब्धि हुन नसकेको भन्दै सरकारले गत वर्षदेखि सहुलियतपूर्ण कर्जाको व्याज अनुदान निकासा रोक्दै आएको छ । राष्ट्र बैंकले गत साउन दोस्रो साता सहुलियतपूर्ण कर्जाको व्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । अर्थ मन्त्रालयले व्याज अनुदानको रकम निकासा नगर्दा सरकारप्रतिको विश्वसनियतामा प्रश्न उठेको भन्दै तत्कालै व्याज अनुदानको रकम निकासा गर्न केन्द्रीय बैंकले आग्रह गरेको देखिन्छ । तर, बदमासी गर्ने माथी राष्ट्र बैंक किन कारवाही गर्दैन । अर्थ मन्त्रालयले भण्डारी एण्ड जोशीले दिएको प्रतिवेदन कार्यान्वयन नहुँदासम्म व्याज अनुदानको रकम निकासा गर्न नसक्ने अडान लिएको भेटिएको छ भन्दा फरक पर्दैन ।

सरकारले परम्परागत सीप र पेशालाई आधुनिकीकरण र प्रवर्धन गरी आर्थिकरुपले विपन्न र सीमान्तकृत समुदायमा उद्यमशीलता विकास गर्ने सोचका साथ सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । तर, कार्यक्रमको सोचअनुसार उपलब्धि हुन नसकेको भन्दै सरकारले गत वर्षदेखि सहुलियतपूर्ण कर्जाको व्याज अनुदान निकासा रोक्दै आएको छ ।

ठूला ऋणीले लिएको अधिकांश सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको र व्यवसायभन्दा पनि पुरानो ऋणको साँवा व्याज तिर्न प्रयोग भएको जोशी एण्ड भण्डारी फर्मको निष्कर्षपछि पनि कर्जा दुरुपयोग गर्नेलाई कारबाही गर्दै असल नियतले काम गरिरहेका उद्यमीलाई सहयोग गर्नु पर्नेमा राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जा दुरुपयोग भएको प्रतिवेदन थन्काएर बसेका छन् । भन्दा फरक पर्दैन । कार्यविधिअनुसार प्रतिऋणी ५ करोड रुपैयाँसम्म प्रवाह हुने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, ७ लाखसम्म प्रवाह हुने शिक्षित युवा स्वरोजगार कर्जा, १० लाखसम्म प्रवाह हुने विदेशबाट फर्केका युवा परियोजना कर्जा, १० लाखसम्म प्रवाह हुने दलित समुदाय व्यवसाय विकास कर्जा, ५ लाखसम्म प्रवाह हुने उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा र ३ लाख रुपैयाँसम्म प्रवाह हुने भूकम्पपीडितको निजी आवास निर्माण कर्जामा ५ प्रतिशत र १५ लाखसम्म प्रवाह हुने महिला उद्यमशील कर्जामा ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था रहेको देखिन्छ ।

नेपाल बैंकर्स संघकाअनुसार सरकारले सहुलियतपूर्ण कर्जाको करिब ११ अर्ब रुपैयाँ व्याज अनुदान दिन बाँकी छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्याज अनुदानमा खर्च गर्ने गरी ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर, दिएन कारण के हो ? ‘

भुक्तानी अवधि बढीमा ५ वर्षको हुने यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशत बिन्दुसम्म थप गरी व्याजदर कायम गर्न सक्ने र व्याज बाहेक अन्य कुनै शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । यस अन्तर्गत प्रवाह हुने कर्जाको सुरक्षण र परियोजनाको बीमा हुने समेत व्यवस्था छ । सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत प्रवाह भएको ऋण घरजग्गा खरिद गर्न, गाडी, मोटरसाइकल किन्नलगायत अनुत्पादक क्षेत्रमा लगानी भएको जोशी एण्ड भण्डारी फर्मले निष्कर्ष निकालेको देखिन्छ । गभर्नर साब हेक्का होस् । नेपाल बैंकर्स संघकाअनुसार सरकारले सहुलियतपूर्ण कर्जाको करिब ११ अर्ब रुपैयाँ व्याज अनुदान दिन बाँकी छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्याज अनुदानमा खर्च गर्ने गरी ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर, दिएन कारण के हो ? ‘सहुलियतपूर्ण कर्जा दुरुपयोग भएकाले कारबाही गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन कार्यान्वयन गर्नुभन्दा पनि सरकारले दिन बाँकी व्याज अनुदान तत्कालन निकासा गर्नु पर्ने राजनीतिक नेतृत्वको प्राथमिकतामा छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘कर्जा दुरुपयोग गर्नेलाई कारबाही गर्दै असल नियतले काम गरिरहेकालाई थप सहयोग गर्नु भन्दा पनि गलत गर्नलाई सुविधा दिनु पर्ने माग गर्दै लबिङ गर्नेहरु धेरै छन् । यस्तो अवस्थामा कर्जा दुरुपयोग गर्नेलाई कसले कारबाही गर्ने ?’ गभर्नर किन पछि हटे ? सचेत भया ।

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?