जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

एशियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२४’ को सफलतापूर्वक आयोजना गरेको छ । जसमा सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थिया ।

एशियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ । जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ । यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाएका कम्पनीले उल्लेख गरेको छ ।  

जेष्ठ ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सीईओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए । जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो । 

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका