जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • बजेट भाषण मंगलबार दिउँसो १ बजे

बजेट भाषण मंगलबार दिउँसो १ बजे

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।  

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध समेत गरेका छन् ।  

बजेट भाषण सकिएपछि दिउँसो ४ बजे पुनः प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो ।  

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका