जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • २६ सार्वजनिक संस्थान नाफामा, १५ वटा घाटामा

२६ सार्वजनिक संस्थान नाफामा, १५ वटा घाटामा

२६ सार्वजनिक संस्थान नाफामा देखिएका छन् । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थान वार्षिक समीक्षा प्रतिवेदनमा २६ वटा सार्वजनिक संस्थान नाफामा जाँदा १५ वटा संस्थान नोक्सानीमा देखिएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा नाफामा गएका सार्वजनिक संस्थानको नाफा ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९को तुलनामा सार्वजनिक संस्थानको कुल नाफा ३०४६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नाफामा रहेका कुल २६ वटा संस्थानको खुद नाफा ९८१ प्रतिशतले बढेको छ भने नोक्सानीमा रहेका १५ संस्थानको खुद नोक्सानी २.८१ प्रतिशत बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को संस्थानको सञ्चित नाफामा १६.६८ प्रतिशतको वृद्धि भएर ६१ अर्ब १४ करोड ९६लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २५ वटा संस्थान नाफामा थिए भने १७ वटा संस्था नोक्सानीमा थिए । अहिले तीन वटा संस्थानको कारोबार शून्य छ ।

आर्थिक वर्ष २०७९/८० मा शेयरधनी कोष (नेटवर्थ) गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधि ३२ वटा संस्थानको शेयरधनी कोष धनात्मक र बाँकी १० वटाको शेयरधनीकोष ऋणात्मक रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२.१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या ४४ वटा छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन् । स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।

४४ मध्ये कम्पनी ऐन बमोजिम ३३, विशेष ऐन बमोजिम ७, सञ्चार संस्थान ऐन बमोजिम २, सहकारी ऐन बमोजिम एक र संस्थान ऐन बमोजिम १ वटा संस्थान स्थापना भएका छन् । उच्च खुद नाफा आर्जन गर्ने नेपाल आयल निगम, नेपाल प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष छन् ।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?