जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • जानकी फाइनान्सको स्थलगत निरीक्षणमा भेटियो यस्तो लापरबाही

जानकी फाइनान्सको स्थलगत निरीक्षणमा भेटियो यस्तो लापरबाही

नेपाल राष्ट्र बैंकले जानकी फाइनान्सलाई कारबाही गरेको छ । आफ्नो निर्देशनअनुसार काम नगरेको भन्दै केन्द्रीय बैंकले कम्पनीको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार सचेत गराएको हो ।

राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षणको क्रममा फाइनान्सले संस्थाको सञ्चालक समितिबाट स्वीकृत भएका अधिकांश ठुला कर्जाहरु समस्यामा रहेको, एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहलाई कोषमा आधारित कर्जा सापट र गैरकोषमा आधारित सुविधाहरु समेत गरी प्राथमिक पुँजीको २५ प्रतिशतसम्म भन्दा बढी कर्जा प्रवाह गरेको पाइएको थियो । यस्तै जोखिम भारित सम्पत्तिको गणना गर्दा भाखा नाघेका कर्जालाई रेगगुलेटरी रिटेल पोर्टफोलियो अन्तर्गत समावेश गरेको, कतिपय उद्योगलाई प्रवाह भएको कर्जा उद्योगको वासलातमा समेत नदेखिएको पाइएको थियो ।

निरीक्षणका क्रममा कर्जा सदुपयोगिता अनुगमन अन्यन्तै कमजोर रहेको, कतिपय ठूला कर्जाहरु प्रवाह गर्दा अस्वभाविक तवरले सेवा शुल्कमा छुट प्रदान गरेको, कर्जाको वर्गिकरण यस बैंकबाट जारी भएको निर्देशन अनुसार नभएको जस्ता कारणले कर्जा प्रवाह तथा अनुगमन चुस्त नरहेको र यस सम्बन्धमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको ओभरसाइट कमजोर भेटिएको थियो ।

तसर्थ, राष्ट्र बैंकले जानकीकोसञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उप–दफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ । आर्थिक वर्ष २०८०/८१ को दोस्रो/तेस्रो त्रयमास अवधिमा इजाजतपत्रप्राप्त ‘ग’ वर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गरिएको कारवाहीको विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?