जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१

बढेन कर्मचारीको तलब

सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।

पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।

अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम् ८२ हजार ३५९ रुपैयाँसम्म छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । आगामी वर्षको बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि सोही तलब कायम हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले सरुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका छन् । सार्वजनिक सेवालाई मुहमाररहित र कागजरहित बनाउने घोषणा पनि भएको छ । सेवाग्राहीको गुनासो सुन्ने र समबोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा पनि बजेटले गरेको छ ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र विदेशमा हुने कार्यक्रममा सकेसम्म सम्न्धिकत देशको नेपाली दूतावास र नियोगबाट नै सहभागी गराउने व्यवस्था मिलाउने पनि बजेट वक्तव्यमा उललेख छ ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका