जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • महासंघ अध्यक्ष ढकालले दिए कांग्रेस प्रवक्ता महतलाई जवाफ, ‘बैंकलाई फाइदा हुँदैन’

महासंघ अध्यक्ष ढकालले दिए कांग्रेस प्रवक्ता महतलाई जवाफ, ‘बैंकलाई फाइदा हुँदैन’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आन्तरिक ऋण उठाउँदा बैंकहरुलाई फाइदा नहुने जवाफ पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई दिएका छन्। स्कुल अफ डेमोक्रेसीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ग्लोबल आइएमई बैंकका समेत अध्यक्ष रहेका ढकालले सरकारले ऋण लिंदा बैंकलाई फाइदा नहुने जवाफ फर्काएका हुन्। ‘सरकारले आन्तरिक ऋण उठाउँदा बैंकलाई त फाइदा हुँदैन। निजी क्षेत्रमा ऋण गएन भने चाहिं सिरियस हुन सक्छ,’ उनले भने।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं कांग्रेस प्रवक्ता महतले ‘बैंकिङ क्षेत्रका साथीहरु खुसी हुनु भएको होला सरकारले ऋण लिने भयो भनेर। तर, यसले निजी क्षेत्रलाई दबाब पर्छ। ब्याजदर बढ्छ’ भनेका थिए। महासंघका अध्यक्ष ढकालले सरकारले बजेट कार्यान्वयनमा निजी क्षेत्रको साथ लिनुपर्नेमा जोड दिए। ‘६ प्रतिशत आर्थिक वृद्धिका लागि बजेट हुबहु कार्यान्वयन हुनुपर्छ। यसका लागि निजी क्षेत्रलाई साथमा लिनै पर्छ,’ उनले भने, ‘निर्माण व्यवसायीको पैसा भुक्तानी भएन भने अप्ठ्यारो पर्छ।’

उनले सरकार राजस्व संकलनमा मात्र केन्द्रित भए नतिजा नदेखिने पनि बताए। ‘अर्थले ट्याक्सको मात्र कुरा गर्दा रिजल्ट नआउन सक्छ। वनले वनको मात्रै कुरा गरे रिजल्ट नआउन सक्छ,’ उनले भने।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका