जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • हिमालयन बैंकको विराटनगर शाखा रोडशेष चोकमा स्थानान्तरण

हिमालयन बैंकको विराटनगर शाखा रोडशेष चोकमा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट आज जेठ २० गतेदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।

बंैकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष श्री राकेश सुराणा तथा बंैकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बंैकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरिएको हो ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ ATM, ६,५०० भन्दा बढी POS Terminals र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका