जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • वाइ वाइले प्रत्येक छक्का वापत १२ हजार, शतक वापत १ लाख दिने

वाइ वाइले प्रत्येक छक्का वापत १२ हजार, शतक वापत १ लाख दिने

वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपालले जनाएको छ । 

यसैगरी प्रत्यक छक्का वापत १२ हजार दिने पनि कम्पनीले घोषणा गरेको छ । 

घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद रू. ३० लाख प्राप्त गर्नेछ ।

यस्तै प्रत्येक रन बनाएवापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालले टि–२० विश्वकपको श्रृंखला अन्र्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ । 

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका